महिलाको नाममा जग्गा पास : दुई करोड बढी राजस्व छुट
तनहुँ | साउन १९, २०७९
तस्बिर फाइल
मालपोत कार्यालय तनहुँमा आर्थिक वर्ष २०७८/०७९ मा महिलाको नाममा जग्गा पास गर्दा रु दुई करोड ८८ लाख २३ हजार पाँच सय आठ राजस्व छुट भएको छ ।
मालपोत कार्यालयमा चार हजार दुई सय ५७ महिलाको नाउँमा जग्गा नामसारी गर्दा उक्त राजस्व छुट भएको हो । सहरी क्षेत्रका तीन हजार ११ र ग्रामीण क्षेत्रका एक हजार दुई सय ४५ महिलाको नाममा जग्गा पास गर्दा २५ प्रतिशत छुट दिने प्रावधान अनुरुप छुट पाएको कार्यालय प्रमुख चिरञ्जीवी पौडेलले जानकारी दिनुभयो ।
त्यसैगरी आर्थिक वर्ष २०७८/७९ मा ग्रामीण र सहरी क्षेत्रका गरी दुई सय २३ दलित तथा ज्येष्ठ नागरिकका नाममा लिखत पास भएको छ । दलित तथा ज्येष्ठ नागरिकका नाममा लिखत पास गर्दा रु ११ लाख २१ हजार दुई सय ११ राजस्व छुट गरिएको उहाँले बताउनुभयो ।
त्यसैगरी मालपोत कार्यालय तनहुँले आर्थिक वर्ष २०७८/७९ मा कूल रु ४३ करोड २७ लाख ६८ हजार सात सय ४४ राजस्व सङ्कलन गरेको छ । कार्यालयले दिएको जानकारीअनुसार राजिनामा तर्फ रु २४ करोड ६५ लाख ४१ हजार नौ सय ५८, धितोतर्फ रु चार करोड ६१ लाख २५ हजार पाँच सय ३५, पुँजीगत लाभकर तर्फ रु १४ करोड एक लाख एक हजार दुई हजार ५१ राजस्व सङ्कलन गरेको सो कार्यालयले जनाएको छ । मालपोत कार्यालयबाट सङ्कलन भएको राजस्वमध्ये ४० प्रतिशत प्रदेश सरकार र ६० प्रतिशत सम्बन्धित स्थानीय पालिकामा पठाइने मालपोत कार्यालय तनहुँका प्रमुख पौडेलले जानकारी दिनुभयो ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

